मंसिर ६, गते देखि मौरीलाई तोरीको चरणमा लग्न सुरु गरियो।

सेयर

आज मंसिर ६, गते देखि २०८२ सालको हाम्रो मौरीपालन क्षेत्रमा मौरीहरूलाई तोरी फूलको चरणमा आधिकारिक रूपमा स्थानान्तरण कार्य सुरु गरिएको छ। तोरीको स्रोत सुरुसँगै मौरीहरूको प्राकृतिक खाद्य स्रोत बढ्ने भएकाले मह उत्पादन गुणस्तर तथा मात्रा दुवैमा सकारात्मक प्रभाव पर्छ।

तोरीको फूलमा मौरीको गतिविधि सक्रिय रहँदा मह शुद्ध, सुस्वादु र उच्च पोषकयुक्त बन्ने भएकाले यो चरण मौरीपालनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। हामीले यो प्रकृया वैज्ञानिक विधि तथा दीर्घ अनुभवका आधारमा व्यवस्थापन गर्दै आएका छौं, जसले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरको तोरी मह निरन्तर उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

भर्खरको पोस्ट

मौरी पालन तालिम सम्पन्न

शुद्ध मह अनलाइन मार्फत देशभर बिक्रि सुरु

मौरी संरक्षण र जैविक खेती प्रवर्द्धन अभियान सुरू